
१६ माघ, धादिङ –
प्रस्तावित बेलकोटगढी नगरपालिका कार्यान्वयनको माग गर्दै शुक्रबारदेखि स्थानीयवासीले आश्वान गरेको नुवाकोट जिल्ला बन्द आईतबार दिउसोबाट खुलेको छ ।
शुक्रबारदेखि नुवाकोट प्रवेशको दुई मुख्य नाकामा सवारी चन्न रोक लगाएका थिए । नुवाकोट महोत्सवलाई मध्यनजर गर्दै बन्द खुलाइएको सर्घष समितिले जनाएको छ ।
जिल्लाबाट सर्वसम्मत रूपमा प्रस्ताव गरिएको प्रतिवेदन कार्यान्वयनको माग राख्दै विभिन्न स्थानमा गठन भएका सङ्घर्ष समिति नै गठन गरेर माग सम्बोधनको लागी दबाब दिन शुक्रबारदेखि अनिश्चितकालिन यातायात सेवा बन्दको घोषणा गरेका थिए । यातयात सुचारु भएसँगै यात्रुहरुपनि हर्षित भएका छन् । यातयातको साधनहरुमा पनि यात्रुहरुको चाप बढेको छ ।
राज्य पुन संरचना अन्तर्गत जिल्लाबाट प्रस्ताव गरिएको प्रतिवेदन कार्यान्वनको माग गर्दै बन्दै स्थानीयहरुले देवीघाट–गल्छी सडक खण्ड र पासाङ ल्यामु मार्ग अबरोध पु¥याइहेका हुन् ।
२०७३ माघ १६ गते प्रकाशित