
१८ माघ, धादिङ –
धादिङको ज्यामरुङ गाउँ विकास समितिको वडा नं २ विष्टगाउँमा मंगलबार गाडीबाट ओर्लने क्रममा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
धादिङबेसीदेखि ज्यामरुङको चामभन्ज्याङ जाँदै गरेको बा ३ ख २९०० नम्बरको यात्रुबहाक बसबाट ओर्लने क्रममा गाडीको पछिल्लो पांग्राले किचेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा ज्यामरुङ – ३ का २५ वर्षीय कुमार लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
२०७३ माघ १८ गते प्रकाशित