Sat. Jul 27th, 2024

विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

kp_66166068

२१ माघ, धादिङ
आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

क्यान्सर रोग लागेका धेरैजसो विरामीमा निको हुदैन भन्ने अन्धविश्वास रहेको पाइएकाले क्यान्सर दिवस मनाउन थालिएको हो । क्यान्सर रोगको संक्रमण देखिने बितिकै उपचार गराए निको हुने चिकित्सकको भनाई छ ।

यस्तै खानपानमा ध्यान पु¥याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्र्ष क्यान्सरका विरामी बढ्दै गएको क्यान्सर रोग विशेषज्ञहरुले जानकारी दिएका छन् ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएका डाक्टर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या बढ्दै गएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: