

१९ माघ, धादिङ –
नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत धादिङ गजुरीमा ७ दिने भुकम्प प्रतिरोधात्मक डकर्मी तालिम प्रदान गरिएको छ ।
धादिङको गजुरी गाविसका ३२ जना डकर्मीहरुलाई माघ १२ गते देखि अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले तालिम दिएको प्रयास नेपालका इन्जिनियर अरुण रेग्मिले जानकारी दिए। पुनर्निमार्णको क्रममा तालिम लिने अवसर पाएकोमा डकर्मीहरुले खुसी व्यक्त गर्दै आफुहरुले सिकेको सीपबाट समुदायमा भुकम्प प्रतिरोधात्मक घर निमार्ण गर्ने बताएका छन् ।
तालिममा महिलाहरुको पनि सहभागिता रहेको थियो । आफुहरुले दिएको तालिमबाट अझ बढी डकर्मीहरु उत्पादित हुने र पून निमार्ण गर्न अन्य क्षेत्रबाट जनशक्ति बोलाउन नपर्ने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले विश्वास व्यक्ति गरे। कार्यक्रममा गजुरी गाविसका गाविस सचिव मोहन चन्द्र धमला, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, विभिन्न पार्टीका गाविस प्रतिनिधीहरु, समाजसेवी, इन्जीनीयर लगायत स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।
२०७३ माघ १९ गते प्रकाशित