Sat. Jul 5th, 2025

धादिङमा बेचविखन तथा ओसारपसारका घटना बढ्दो

press-meet

१९ माघ,  धादिङ  –

धादिङमा बालबालिका बेचविखन तथा ओसारपसारका घटना बढ्दो मात्रामा रहेको एक कार्यक्रममा सभागीहरुले बताएका छन् ।

आवाज अभियान नेपालद्धारा बुधबार धादिङबेसीमा आयोजित पत्रकारहरुसँगको छलफल कार्यक्रममा बढ्दो बालयौन दुव्यवहार र बेचविखन न्यूनिकरण गर्न खेल्ने भूमिकाको बारेमा जानकारी गराइएको छ ।

धादिङ जिल्लाको राजमार्ग भएर र उत्तरी क्षेत्रका नाकाबाट यस्ता घटनाहरु हुने गरेको आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीले जानकारी दिए ।

संयुक्त राष्ट्र संघका अनुसार विश्वका २ करोड ४० लाख मानिसहरु प्रत्येक वषृ बेचविखनमा पर्ने गरेका छन् । ती मध्ये करीब ८० प्रतिशतलाई यौनदासीको रुपमा राखिन्छ । सन्२०१३ को प्रतिवेदन अनुसार २९ हजार व्यक्रि मानव बेचविखनबाट प्रभावित रहेको पाइएको छ । र सो मध्ये १३ हजार व्यक्ति बेचविखनमा परेका छन् । ती मध्ये ५० प्रतिशत १६ वर्ष मुनिका बालबालिका रहेका छन् ।

२०७३ माघ १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: