२० माघ, चितवन –
चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको बिहीबार मृत्यु भएको छ ।
नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको बिहीबार मृत्यु भएको जिल्ला कारागार चितवनले जानकारी दिए ।
ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका उनको मृत्यु भएको हो । चोरीलगायत विभिन्न मुद्दामा रु १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनी कैद भएका जनाइएको छ ।
उनको अहिलेसम्म आफन्तसमेत सम्पर्कमा नआएको जेलर काफ्लेले जानकारी दिए । मुचुल्का उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पताल पठाइने उनले जानकारी दिए । यहाँ अहिले क्यान्सर लागेका सातजना बिरामी उपचाररत छन् ।
२०७३ माघ २० गते प्रकाशित