Sat. Jul 27th, 2024

जिल्ला अस्पतालको भवन मर्मत कार्यले दैनिक कार्यमा सहजता आउने

Hospital 1

धादिङ
चार वर्ष अघिदेखि संचालनमा आएको जिल्ला अस्पताल धादिङको भवन मर्मत गर्न थालिएको छ ।

जर्मनी दातृ सस्था के एफ.डब्लुको सहयोगमा भवनमा टासिएको साना टायल निकालेर चिल्लो सफा टायल टास्न थालिएको हो । भवनको भुइ र कोठाहरुमा नयाँ टायल विच्छ्याउने, कोठाहरुमा आल्मुनियम पाटेशन गर्ने, सेफ्टी ट्याङ्की निर्माण गर्ने र अस्पतालसम्म ल्याइएको पानीको मुहान वरिपरी तारबार गर्ने लगायतका कामहरु भइरहेको छ ।

Hospital 3

के एफ.डब्लुले सहयोग गरेको १६ लाख १९ हजार ७ सय रुपैयामा नगर विकास कोष नयाँ बानेश्वर मार्फत अस्पताल विकास समितिले मर्मत सुरु गरेको हो । विरामी भर्ना गर्ने वार्डहरुमा टायल लगाउन थालिएकाले अस्पतालले अति जटिल बाहेक सामान्य विरामीहरुलाई भर्ना लिएको छैन ।

भर्ना गर्न अति आवश्यक विरामीहरुलाई अपरेशक कक्षको वार्डमा राखिएको अस्पताल श्रोतले जनाएको छ । जनरल वार्डहरुमा राख्नुपर्ने विरामीलाई अपरेशन कक्षको वार्डमा राखिएकाले सल्यक्रिया सेवा रोकिएको छ ।

Hospital 2

अपरेशन गर्नुपर्ने लक्षण देखिएका विरामीलाई तत्काल काठमाण्डौ रिफर गर्ने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । गत माघ १५ गतेसम्म सबै काम सक्ने लक्ष्य अनुरुप मर्मतको काम सुरु गरेको भएपनि आजसम्म मर्मत पुरा भएको छैन । अझै २५ प्रतिशत काम बाँकी रहेको अस्पताल विकास समितिका अध्यक्ष एवं् निर्माण समितिका संयोजक प्रेमनाथ सिलवालले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: