
२२ माघ, धादिङ –
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सरोज पौडेल चयन भएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर शनिबार धादिङबवेसीमा सम्पन्न भएको जिल्ला भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
कार्र्यवाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न स्थापना दिवस तथा जिल्ला भेलाले समितिको उपाध्यक्षमा सानुबाबु तिमिल्सिना, सचिवमा शंकर श्रेष्ठ, सह सचिवमा श्रीहजुर सिलवाल, कोषाध्यक्षमा सिर्जना खनाललाई चयन गरेका छन् ।
यसै गरी भेलाले सदस्यहरुमा रामकुमार थापा, आशिष ठकुरी, राजाराम डंगोल, राज ढुंगाना, अर्जुन श्रेष्ठ र सिर्जना खनाललाई चयन गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
२०७३ माघ २२ गते प्रकाशित