Sat. Jul 27th, 2024

युवा संघको अध्यक्षमा निरुपाल

Niru_Pal_996300424

काठमाडौं   
युवा संघ नेपालको अध्यक्ष निरु पाल भएकी छिन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रिय समितिको बुधबारको बैठकले निवर्तमान अध्यक्ष महेश वस्नेतको राजीनामा स्वीकृत गर्दै निरुपाललाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।

बस्नेत मन्त्री नियुक्त भएपछि उपाध्यक्ष रहेकी निरु पाल कार्यवहाक अध्यक्ष भएकी थिइन् । बस्नेतले राजीनामा दिएपछि बुधबार नयाँ बानेश्वरस्थित कार्यालयमा बसेको युवा संघ स्थायी कमिटीको बैठकले अन्य पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । कोषाध्यक्ष गोविन्द थापा र सचिवलाई उपाध्यक्ष बनाइएको छ । युवा संघका उपाध्यक्ष झपट रावलले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।

युवा संघमा ४० वर्ष उमेर पुरा भएपछि नेतृत्व गर्न नपाइने प्रावधान रहेको छ । बस्नेत यसअघि दुई पटक अध्यक्षमा निर्वाचित भएका थिए । उनले एक कार्यकाल पूरै र यो कार्यकाल आधा समय नेतृत्व लिएका थिए ।

निरुपाल अध्यक्ष भएपछि तथा झपड रावलले राजीनामा दिएकाले खाली भएका दुई उपाध्यक्ष पदमा कोषाध्यक्ष गोविन्द थापा र सचिव सरोजदिलु विश्वकर्माले जिम्मेवारी पाएका छन् । बैठकले संघको कोषाध्यक्षमा कार्यालय विभाग प्रमुख माधव बास्तोलालाई बढुवा गरेको छ । त्यसैगरी अनेरास्ववियुका नेता बचन सिंहलाई सचिव पदको जिम्मेवारी दिइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: