

२३ माघ, धादिङ –
धादिङको नौविसे गाउँ विकास समितिको वडा नं १ चालिसेमा आइतबार विहान विद्युत सट भएर आगलागी भएको छ ।
स्थानीय रामकृष्ण आचार्यले सञ्चालन गर्दै आएको जनसेवा सहमिलमा आगो लागेको हो । आगो एकलाख सेखले संचालन गर्दै आएको किस्मत टायल पसलमा पनि सल्किएको थियो ।
बिहान साढे १२ बजेतिर लागेको आगो ४ बजे मात्र नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यलय धादिङ, इलाका प्रहरी कार्यलय जीवनपुर, इलाका प्रहरी कार्यालय खानिखोला, काठमाडौँबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट टायल पसलमा ३ लाख र सहमिलमा १ करोड बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिएको छ ।
२०७३ माघ २३ गते प्रकाशित