
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको नौबिसे गाउँ विकास समितिको वडा नं १ मा आइतबार साँझ ओभरट्याक गर्ने क्रममा दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।
काठमाण्डौँबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माईक्रोले सोही दिशाबाट जाँदै गरेको ट्रकलाई ओभरट्याक गर्ने क्रममा माइक्रो ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ३ जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ । अन्य घाईतेहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।
२०७३ माघ २३ गते प्रकाशित