
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटनामा एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
गोरखा जिल्ला घर भएका ७ वर्षिय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुर स्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिमा गुडेको माइक्रोबसले ट्रकलाई ओभरटेग गर्न खोज्दा सोही ट्रकसंग ठोक्किएको हो । घाइते हुनेमा सबै माइक्रोबसमा सबार यात्रु रहेका छन् । काठमाण्डौबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेग गर्न खोज्दा आपसमा ठोक्किएको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका सही रामचन्द्र घिमिरेले बताए ।
सामान्य घाइते ६ जनाको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार गराइएको छ भने अन्य घाइतेको काठमाण्डौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।
२०७३ माघ २३ गते प्रकाशित