

२४ माघ, धादिङ –
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वेनिघाट गाउँ विकास समितिको वडा नं ८ विशालटारमा सोमबार दिउँसो ओम ग्यासको बुलेट पल्टिएको छ ।
विरगंञ्जदेखि धादिङको बैरेनी जाँदै गरेको एमएल ०१ बी ९७०७ नम्बरको इन्डियन ग्यास बुलेट आफै अनियन्त्रित भएर पल्टिदाँ चालक र सहचालक घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
बुलेट पल्टिएर सडकभन्दा १० मिटर तल झरेपनि खतरामुक्त रहेको छ । सम्भावित दुर्घटनाबाट बच्नका लागि दमकललाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
२०७३ माघ २४ गते प्रकाशित