Sat. Jul 5th, 2025

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना ४ जनाको मृत्यु

accident

२५ माघ पाल्पा पाल्पाको दोभानमा मंगलबार राति जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

दुर्घटनामा  ४९ वर्षका हरि राना, ३० वर्षका मिनबहादुर थापा, ४१ वर्षका जसवीर वाकावल र २६ वर्षका यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

२०७३ माघ २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: