Sat. Jul 5th, 2025

स्यालुट नगर्दा हवल्दार कुटिए

nepal-police

२६ माघ, काठमाडौं ।

स्यालुट नगरेको भन्दै हवल्दार त्रिचन्द्र बहादुर डिसी प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरबाट कुटिएका छन् ।

जिल्ला ट्राफिक काय{ालय प्यूठान माफ{त बिजुवारमा काय{रत डिसी सोमवार दिउँसो कुटिएका हुन्। कुटपिटपछि उनलाई चार घण्टासम्म बदि{मै हिरासतमा राखेको समेत खुलेको छ । ट्राफिक चेकजाँचका क्रममा आफूले उहाँहरुलाई नदेखेको स्विकाद{ै डिसीले आफूलाई अनाहकमा कुटपिटमा परेको दुखेसो गरे ।

सोमबार दिउँसो प्रजिअ जनकराज पन्त, डिएसपी रञ्जितसिंह राठौर, राष्ट्रिय अनुसन्धानका डिएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी ईन्द्रप्रसाद बस्याल सँगै सवार थिए । उनीहरु चेरनेटाबाट बिजुवारतफ{ आउँदै गद{ा दाखाक्वाडीमा चेकजाँचका क्रममा जिल्ला प्रशासनको गाडी क्रस भएको थियो।
सोमवार बेलुका इलाका प्रहरी काय{ालय बिजुवारबाट झिकाएर हवल्दारलाई सोधपुछका क्रममा कुटपिटमा परेका हुन । ‘श्रीमान डिएसपी सापबाट झिकावट भएर खलंगा गयौं’, घाइते डिसीले भने, ‘आफूलाई जिल्ला प्रहरी काय{ालयमा हतकडी लगाई कुटपिट गरीयो।’
नागरिक दैनीकबाट
२०७३ माघ २६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: