Sat. Jul 5th, 2025

एक्सन नेपालद्धारा ढोला र मैदिमा नगद भौचर वितरण

bhuachar-bitaran

 

१ फागुन,  धादिङ – 

 

एक्सन नेपाल र डिसीएको साझेदारिमा सन्चालित भुकम्प प्रभावित समुदायहरुको पुनस्थापनाका लागि सहयोग परियोजनाले धादिङको मैदी र ढोला गाउँ विकास समितिमा नगद भौचर वितरण गरेको छ ।

यूरोपियन युनियन मानविय सहायता बिभागको अनुदान सहयोगमा ती गाउँ विकास समितिका अति बिपन्न र संकटासन्न ६ सय ३० घरधुरिहरुलाई सुरक्षित आवास तथा जीवनस्तर सुधारका लागि सहयोग गर्ने उद्देश्यले सुरक्षित आवास तथा जीवनस्तर सुधारका लागि आवश्यक सामाग्रीहरु खरिद गर्नका लागि जनही १५००० रुपैयाँ बराबरको भौचर बितरण गरिएको एक्सन नेपालले जनाएको छ ।

उक्त भौचरबाट भुकम्प पिडितहरुले आवास निर्माण सामाग्री, न्यानो कपडा र जीवनस्तर सुधारका लागि अत्यावश्यक घरेलु प्रयोगका सामाग्रीहरु खरिद गर्ने पाउनेछन । गाबिसले प्रमाणित गरेका भुकम्प पीडितहरु मध्यबाट वडा नागरिक मन्चसँगको समन्वय र सिफारिसमा नगद भौचर पाउने भुकम्प पिडितहरु छनौट गरिएको थियो । दुबै गाबिसबाट अत्यन्त न्युन जग्गा स्वामित्व भएका, आम्दानिको बैकल्पिक श्रोत नभएका, बिशेषत दलित, जनजाती, फरक क्षमता भएका मानिसहरु र एकल महिलाहरु छनौट गरी भौचर बितरण गरिएको एक्सन नेपालका परियोजना संयोजक जेनन नेपालले बताए ।

साथै परियोजनाले खानेपानी तथा सरसफाइ अन्तर्गत ३ सय ६० वटा घरधुरी शौचालय, ७ वटा साना ठुला खानेपानी योजनाहरु र स्वच्छता प्रवर्द्धन, स्थानिय बिपद ब्यबस्थापन समितिहरुको सबलिकरण, सुरक्षित आवास निर्माणका लागि डकर्मिहरुलाई तालिम, सुरक्षित आवास सम्बन्धी अभिमुखिकरण कार्यक्रमहरु, भग्नावशेष हटाउनका लागि सहयोग र आवास निर्माणका लागि औजार सहयोग जस्ता क्रियाकलाप गर्दै आएको छ ।

२०७३ फागुन १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: