Sat. Jul 5th, 2025

धादिङमा प्रथम सहिद लखन थापा मगरलाई यसरी सम्झियो

lakhana-thapa

२ फागुन,  धादिङ –

नेपालका प्रथम सहिद लखन थापा मगरको १ सय ४०  औं स्मृति दिवस धादिङमा पनि मनाइएको छ । उनको सम्झनामा सोमबार सदरमुकाम धादिङबेसीमा रहेको लखन थापाको सालिकमा माल्यार्पण र प्रवचन कार्यक्रम गरिएको छ ।

नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् धादिङले आयोजना गरेको कार्यक्तममा धादिङका प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यलयका प्रमुख, संघसंस्था तथा स्थानीयहरुले सालिकमा माल्यार्पण गरेको छ ।

धादिङमा २०६८ मंसिरमा थापाको अर्धकदको सालिक स्थापना गरिएको छ ।  थापाले राणा शासनको विरुद्ध विद्रोह गरेपछि तत्कालीन सरकारले पक्राउ गरी वि।सं १९३३ साल फागुन २ मा उनलाई झुन्ड्याएर मारेको थियो । पाठ्यपुस्तक र सामान्य ज्ञानमा थापालाई पहिलो सहिद भनिए पनि सरकारको रेकर्डमा उनी सहिदको सूचीमा थिएनन् ।

२०७३ फागुन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: