Tue. Dec 3rd, 2024

नेपाल टेलिकमले क्यानलाई वार्षिक १ करोड ५० लाख दिने

can-log_219385254_802606456
काठमाडौ
नेपाल टेलिकमले क्यानलाई वार्षिक करिब १ करोड ५० लाख दिने सहमति भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) लाई चार करोड ५० लाख रुपैयाँको प्रायोजकका रुपमा नेपाल टेलिकमसँग तीनवर्र्षे सहमति गरेको छ । औपचारिक सम्झौता हुन बाँकी नै भए पनि राष्ट्रिय टिमको प्रायोजनस्वरुप उक्त रकम दिने सहमति भएको हो ।

यस प्रायोजनबारे टेलिकमको नवौं वाषिर्कोत्सवको अवसरमा प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताएका थिए । नेपाललाई क्रिकेट क्षेत्रमा उच्च स्थानमा राख्नका लागि र खेलाडिहरुको थप हौसला प्रदान गर्न सहयोग गरेको श्रोतले जनाएको छ ।

क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले टेलिकमसँगको प्रायोजनले नेपाली क्रिकेटमा सकारात्मक सन्देश दिने बताइन् ।

सहमति अनुसार टेलिकम राष्ट्रिय टिमसँगै पुरुषको वान–डे र ट्वान्टी ट्वान्टी तथा महिलाको राष्ट्रिय प्रतियोगिताको पनि प्रायोजक हुनेछ । क्यानसँग पेप्सी र स्ट्यान्डर्ड चार्टडको सम्झौता असार, २०७१ मा समाप्त भएपछि राष्ट्रिय टिम प्रायोजनविहीन भएको थियो ।

About The Author

अन्य समाचारहरु: