Sat. Jul 5th, 2025

प्रहरी र सिके राउतका कार्यकर्ताबीच फेरि झडप, प्रहरीको हतियार लुटियो

फाइल तस्विर

८ फागुन,  रुपन्देही –

रुपन्देहीको मर्चवार क्षेत्रको स्थिति आइतबार पनि तनावग्रस्त बनेको छ।

फाइल तस्विर
फाइल तस्विर

सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको हो।

झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ।

रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले पाँच राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिए। कार्यकर्ताले प्रहरीको लङ ब्यारेल गन खोसेर लगेको प्रहरीले जनाएको छ।

२०७३ फागुन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: