
९ फागुन, चितवन –
चितवनको कविलासमा सोमबार बिहान जीप त्रिशुली नदीमा खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको बा ३ च ७५४३ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा गोरखा ताकुकी विष्णुमाया गुरुङ्ग र उनका नाति कविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बेपत्ताहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका-५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ घाइते भएको र अहिले उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् ।
२०७३ फागुन ९ गते प्रकाशित