
११ फागुन, धादिङ –
फाइनान्स संचालकसँग एक करोड माग गर्दै धम्की दिने धादिङ घर भएका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय विदुर पौडेलरहेका छन् ।
उनले मुकुल फाइनान्स लिमिटेडका सञ्चालकलाई फोन र एसएमएस गरी एक करोड मागेका थिए । र, रकम नदिएर अपहरण गरी ज्यान मार्ने धम्की समेत दिएको पाइएको प्रहरीले जनाएको छ ।
२०७३ फागुन ११ गते प्रकाशित