Sat. Jul 5th, 2025

पाँच रुपैँया लिटरमा किनेको पानी भक्तजनलाई निशुल्क वितरण

water
रामकुमार थापा / १३ फागुन, धादिङ–

महाशिवरात्रीको अवसरमा धादिङको नलाङ १ पात्लेमा लाग्ने सिद्धबाबाको मेलामा निशुल्क पानी वितिरण गरिएको छ ।

मेला भर्न आएका भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै स्थानीय सिद्धेश्वरी महिला समुहले निशुल्क  १३ सय लिटर पानी वितरण गरिएको हो ।

मेला लाग्ने स्थानमा पानी नहुँदा भक्तजनले ठुलो सास्ती खेप्नुपर्ने अवस्था रहेको थियो । स्थानीय आमा समुहले प्रति लिटर पाँच रुपैँयामा ज्यालमा पानी बोकाएर भक्तजनहरुलाई निशुल्क पानी वितरण गरिएको सिद्धेश्वरी महिला समुहका अध्यक्ष पावर्ती श्रेष्ठले बताइन् ।

पैतालिस मिनेट भन्दा माथि हिड्नुपर्ने उक्त स्थानमा पानी पु¥याउन सकिएको छैन ।  मेला भर्न आएका भक्तजनलाई सेवा दिने उद्देश्यले प्रत्येक बर्ष  स्थानीय सिद्धेश्वरी महिला समुहले निशुल्क पानी वितरण गर्दै आईरहेको छ । प्रत्येक बर्षको महाशिवरात्रीमा उक्त स्थानमा ठुलो मेला लाग्ने गरेको छ ।

२०७३ फागुन १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: