Mon. May 12th, 2025

स्ववियु निर्वाचन : नीलकण्ठ क्याम्पसमा नेवि संघका सरोज पाण्डेको प्यानल नै विजयी

saroj-pandey copy
१४ फागुन,  धादिङ –

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

नेवि संघका सभापति सरोज पाण्डेको प्यानल नै विजयी भएको हो । नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट पाण्डे सभापतिमा उठेका थिए भने अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए ।

कुल ५ सय ५७ मत खसेकोमा पाण्डेले ४ सय ११ मत पाएका छन् ।  सचिवमा नेवि संघकादुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ विजयी भएका छन् । त्यस्तै सदस्य पदमा नेवि संघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, बसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भएका छन् ।

२०७३ फागुन १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: