
१४ फागुन, धादिङ –
स्वतन्त्र विद्यार्थी युनियनको शनिबार भएको निर्वाचन अन्र्तगत खानीखोलामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसको सभापतिमा प्रमोद गिरीको प्यानल विजयी भएको छ ।
नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र अनेरास्ववियुको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । गिरीले ३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका निराजन चापागाईँले २८ मत प्राप्त गरेका हुन् ।
सचिवमा अखिल क्रान्तिकारीका विनोद आचार्य ३३ मत, कोषाध्यक्षमा नेवि संघका एलिस पाठक ३४ मत र सदस्यहरुमा नेवि संघका सोविता पाठक, अखिल क्रान्तिकारी सुनिता चापागाईँ र सुरेस कार्की विजयी भएका छन् ।
समानुपातीक तर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले २१ र नेविसँघले १४ भोट प्राप्त गरेका छन् ।
गजुरी स्थित आर्दश बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।यस अघि गजुरीमा रहेको आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी र नीलकण्ठ बहुमुखी क्याम्पसमा नेवि संघका सरोज पाण्डे विजयी भइसकेका छन् ।
२०७३ फागुन १४ गते प्रकाशित