
१५ फागुन, काठमाडौं –
पार्टी सञ्चालनमा अपरादर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित माग गरेको छ ।
नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत् ध्यानाकर्षण पत्र बुझाएको छ ।
राजदूत नियुक्ति, भातृ संस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ ।
कांग्रेस नेता पौडेल पक्षले शनिबार छुट्टै बैठकको आयोजना गरेको छ र त्यहाँ पौडेलले अब देउवाबाट पार्टी चल्दैन भनेको छ ।
भेलामा सहभागी बलबहादुर केसीले देउवाको विरोध गर्दै उनले पार्टी डुबाउन लागेको बताएका थिए ।
त्यसैगरी डा. रामशरण महतले पनि यस्तै चालले आगामी चुनावमा माहौल बनाउन नसकिने बताएको छ । नयाँ पत्रिका दैनिकबाट
२०७३ फागुन १५ गते प्रकाशित