Sat. Jul 5th, 2025

रेडियो धादिङको नयाँ भवन बन्ने

radip-dhading-bhawan copy
१६ फागुन,  धादिङ –

ग्रामिण संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो धादिङ १०६ मेगाहर्जको नयाा भवन बन्ने भएको छ ।

विद्या सागर स्मृति संचार भवनको नामबाट बन्न लागेको भवनको सोमबार रेडियोका संस्थापक अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच सिलान्यास गरे । रेडियो धादिङको भवन निर्माणको लागि धादिङको नीलकण्ठ नगरपालिका–३ निबासी यदु बहादुर रेशमी मगर र उनकी श्रीमती अमृता रेशमी मगरले शान्तबजारमा करिव २५ लाख रुपैंयाँ पर्ने ३ आना जग्गा प्रदान गरे ।

गत असोज ७ गते जिल्ला वन कार्यालय धादिङले रेडियो संचालन भइरहेको भवन भत्काइदिएपछि मगर दम्पतीले सम्पुर्ण धादिङबासीको मन जित्न सफल रेडियो धादिङ पुन व्यवस्थित रुपमा संचालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले जग्गादान गरेको बताए । शिल्यान्यास गरिएको भवन आगामी असार १५ भित्र निर्माण सम्पन्न हुने स्टेशन म्यानेजर राजाराम शर्माले बताए ।

भवन निर्माण गर्न ३५ लाख बराबरको श्रोत जुटिसकेको पनि शर्माले बताए । क्यानभास इन्जिीनीयरिङ कल्सन्टेन्सिले १० कोठे भवनको नक्सा समेत डिजाइन गरेको छ । आज भएको भवन सिलान्यास कार्यक्रममा धादिङ क्षेत्र नं. २ का साँसद गुरुप्रसाद बुर्लाकोटी, सामुदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष सुवास खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट लगायतको सहभागीता रहेको थियो ।

२०७३ फागुन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: