Sat. Jul 5th, 2025

पत्रकार महासंघ धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित

nabaraj-chhaktuli

१८ फागुन,  धादिङ –

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित भएका छन् ।

मंगलबार धादिङबेसीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा ८ औँ जिल्ला अधिवेशनले छत्कुलीको अध्यक्षमा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रेस चौतारी र प्रेस सोसाइटीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छत्कुलीले प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट उम्मेदबारी दिएका पोषनाथ अधिकारीलाई ७ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमिति सदस्य र केन्द्रिय पार्षद सबै छत्कुलीको प्यानलबाट विजयी भएका छन् ।

उपाध्यक्षमा गोविन्द बुढाथोकी, महिला उपाध्यक्षमा गायत्री खतिवडा, सचिवमा राजाराम शर्मा, कोषाध्यक्षमा शंकर श्रेष्ठ, सहसचिवमा रामबहादुर (आशिष) ठकुरी र सरिता श्रेष्ठ निर्वाचित भएका छन् ।

fnj-dhading-team

त्यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन श्रेष्ठ, रामकुमार थापा, प्रतिभा पराजुली, सुनिता बाग्दास, माधव घले, लालकाजी श्रेष्ठ, प्रविण तिमिल्सिना, राजाराम डंगोल निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रिय पार्षदहरुमा सुवास खतिवडा, केशव अधिकारी, रामेश्वर कार्की, सरोज पौडेल, सुर्दशन खतिवडा, सानुबाबु तिमिल्सीना, कपिलदेव सापकोटा, राधिका सापकोटा, फणिन्द्र सिलवाल, रामचन्द्र रुपाखेती, राजेन्द्रकुमार बस्नेत, एशोदा नेपाल, उद्धव चेपाङ, भुवन पौडेल, सुनिता सिम्खंडा, भरत रेग्मी, सुशिला अर्याल, रामचन्द्र खतिवडा, रामहरि त्रिपाठी निर्वाचित भएका छन् ।

२०७३ फागुन १८ गते प्रकशित

About The Author

अन्य समाचारहरु: