Mon. May 12th, 2025

बार्सिलोना शीर्ष स्थानमा

meesi

१९ फागुन धादिङ –

स्पेनिस ला लिगा अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले स्पोर्टिङ  गिजोनलाई ६–१ गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि स्टार स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा  मेस्सीले ९ मिनेटमा हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
यस्तै जुआन रोड्रिगेजले ११ मिनेटमा आत्मघाती गोल गरे ।  लुइस  स्वारेजले २७ मिनेटमा गरेको गोलका कारण पहिलो हाफमा नै बार्सिलोनाले ३–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा बार्सिलोनाका लागि पाको अल्कासेरले ४९, नेइमारले ६५ र इभान रेकिटिकले ८७ मिनेटमा गोल गरे ।

स्पेनिस ला लिगाको रेलिगेसन जोनमा रहेको स्पोर्टिङ गिजोनका लागि कारर्लोस क्यास्ट्रोले एक गोल गरे ।  स्पोर्टिङ गिजोनलाई फराकिलो अन्तरले हराएसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५७ अंक जोडेको छ । यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडको  ५६ अंक छ ।
२०७३ फागुन १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: