२० फागुन, धादिङं ।
सरकारले दिएको अनुदानबाट घर बनाउँदा मापदण्ड पूरा नगरेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम लिन कठिन भएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा दोस्रो किस्ता माग गर्नेमध्ये ६७० जना लाभग्राहीले घर बनाउँदा मापदण्ड पूरा नगरेको पाइएको छ । ती घरमा आवश्यक सुधार गरेपछि मात्र दोस्रो किस्ताका लागि सिफारिस गर्न सकिने आयोजना निर्देशक परीक्षित कडेरियाले बताए ।
एकाइमा हालसम्म अति प्रभावित १४ जिल्लाका नौ हजारभन्दा बढीले दोस्रो किस्ताका लागि आवदेन दिएका छन । तीमध्ये एक हजार ७७० लाभग्राहीलाई दोस्रो किस्ताका लागि स्वीकृति दिइसकेको कडेरियाले बताए । गाउँमा खटिएका इन्जिनियर र प्राविधिकले बन्दै गरेका घरको परीक्षण गरेपछि मात्र दोेस्रो किस्ताको रकम उपलब्ध गराउन केन्द्रले सिफारिस गर्दै आएको छ ।
एकाइका अनुसार तेस्रो किस्ताको लागि पनि करिब पाँच सयले निवेदन दिएका छन् । तीमध्ये एक सयको निर्माण अवस्थाबारे निरीक्षण भइसकेकोे छ । एक सयभन्दा बढी घर निर्माण गरिएकोमा ९५ घरका लागि तेस्रो किस्ताको रकम उपलब्ध गराउन सिफारिस गरिसकिएको छ भने आठवटामा सुधार गरेपछि मात्र तेस्रो किस्ता उपलब्ध हुनसक्ने एकाइले बताएको छ ।
गोरखापत्र दैनिकबाट ।
२०७३ फागनु २० गते प्रकाशित