Mon. May 12th, 2025

किन्ताङफेदीमा एकीकृत घुम्ती शिविर संचालन

ghumti-sibir

२० फागुन,  धादिङ –

उत्तरी धादिङको दार्खा गाउँ विकास समितिको वडा नं १ किन्ताङफेदीमा एकीकृत घुम्ती शिविर संचालन गरिएको छ ।

जनतालाई घरघरमै सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यलय धादिङले शिविरको आयोजना गरेको हो । दुई दिनसम्म संचालन गरिएको शिविरबाट ३ सय ७ जनाले नागरिकता परिचय पत्र, ३ सय ५५ जनाले बृद्दा परिचय पत्र, ७७ जनाले  अपाङ्गता परिचय पत्र बनाएका छन् ।

शिविरको पहिलो दिन बुधबार १ सय ४३ जनाले नागरिकता बनाएका थिए भने २ सय २२ जनाले जेष्ठ नागरिक प्रमाणपत्र, ३ सय ३ जनाले विभिन्न रोगको स्वास्थ्य उपचार सेवा , ४३ जनाले अपाङ्गता परिचयपत्र, १ सय १५ जनाले सुरक्षित वैदेसिक रोजगरीको लागि सुचना तथा परामर्श सेवा लिएका छन् ।

यसैगरि २ सय जना भन्दा धेरैले कृषिसम्बन्धी आवश्यक सुचना तथा परामर्श सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

२०७३ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: