Mon. May 12th, 2025

धादिङको ज्यामरुङमा ब्रतबन्धको भोज खाँदा १६ जना बिरामी

birami 1
२० फागुन,  धादिङ –

धादिङको ज्यामरुङमा ब्रतबन्धको भोज खाँदा १६ जना भन्दा बढी बिरामी परेका छन् । ज्यामरुङको वडा नं ७ कुमाहीज्यामरुङका सुरेश बयालकोटीको घरमा बुधबार ब्रतबन्धको भोज खाँदा स्थानीयहरु बिरामी परेका हुन् ।

ब्रतबन्धको अघिल्लो दिन परिवारका सदस्य र ब्रतबन्धको दिन घरपरिवार र आफन्तजन बिरामी भएको स्थानीय मिठी बयालकोटीले बताइन् ।

बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने,  बान्ता हुने लगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन रसिला अमात्यले पाविलन्यूजलाई जानकारी दिए । बिरामीहरुकोे जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

बिरामी हुनेहरुमा चुडाबहादुर सुर्खेती, धनमाया बस्याल, ज्ञानमाया बस्याल, रामकला बयालकोटी, शान्तकुमारी भूसाल, तेजकुमार बयालकोटी, मीनु लम्साल, कोपीला लम्साल, संगीता बस्याल, मनिला बयालकोटी खुम बहादुर बयालकोटी, आशीका मजकोटी,  प्रकाश बस्याल, इश्वर लम्साल, रजीना बयालकोटी, इश्वरी बयालकोटी रहेका छन् ।

२०७३ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: