
मनिष दुवाडी / २२ फागुन, धादिङ –
आँट गरे काम गरेर पैसा कमाउनलाइ भौगोलिक विकटताले पनि छेक्न सक्दैन भन्ने नौलो उदाहरण पेश गरेका छन्, धादिङको उत्तरी क्षेत्रको विकट गाउँ विकास समिति सत्यदेवीका मरु लामा तामाङले । ४ वर्षअघि गाउँमै आँफैले लगानी गरेको बेकरी उद्योग खोलेर आसपासका गाउँ गाउँमा विक्री वितरण गर्न थालेपछि उनी गाउँमै बसेर मासिक ४५ हजार भन्दा बढी कमाइरहेका छन् । उनी भन्छन, ‘सानैदेखी दुःख गर्ने बानी प¥यो, सोचे यो दुःख लाइ आफ्नै गाउँमा गएर किन नगरु, अनि गाउँमा आएर वेकरी उद्योग खोले ।’
बाबुआमाको आर्थिक अवस्था कमजोर भएकाले राम्रोसंग पढ्न नपाएका उनले २ वर्ष कालीगण्डमी हाइड्रोपावरमा पनि काम गरे । त्यसपछि गाउँ फर्केर २०६१ सालमा गाउँमै सानो किराना पसल थापे, पछि गाउँकै २ जना साथीहरुको संग सिकेको बेकरीका परिकारहरु बनाउने सीपलाइ सदुपयोग गर्दै अहिले बेकरी उद्योग र किराना पसल संचालन गरिरहेका छन ।
यही पसलको आम्दानीको कारण उनीको ५ जनाको परिवार राम्रोसंग चलेको छ । छोराछोरीलाइ शिक्षादिक्षा दिनदेखी घरखर्च चलाउन पुग्ने पैसा गाउँमै कमाएको उनले बताए । तामाङले भने, ‘हाइड्रोपावरमा काम छोडेपछि साथीहरु विदेश लागे, मलाइ विदेश जाने सोच पनि आएन, अरुको अण्डरमा बसेर काम गर्दा साह्रै नै गाह्रो हुने भएपछि गाउँ फर्केर ब्यापार ब्यवसाय साथमा यो उद्योग संचालन गरको हुँ ।’ सत्येदेवी गाउँ विकास समितिको वडा नं ४ मा बेकरी उद्योग संचालन गरेका मरुलामा उद्योगमा उत्पादित सामानहरु बेच्न, दार्खा गाउँ विकास समितिको कुरी, बृचेत, र नुवाकोट जिल्लाको सीमानासम्म पुग्छन ।
गाउँका विद्यालयहरुमा उनले उत्पादन गरेका केक, दुनोट, पाउरोटी जस्ता परिकारहरु खाजाको रुपमा विक्ने गरको छ । कतिपय विद्यालयहरुले त दैनिक रुपमा अर्डर नै दिएका हुन्छन । गाउँमै बसेर उद्योग संचालन गरेका तामाङले कामदार राखेर उत्पादन बढाउन खोजेपनि कामदार नपाएको बताए । तामाङले भने, ‘माग धेरै नै छ, आफु एक्लै छु, धेरै काम गर्न सकिन्न, माग भएपछि पु¥याउने हो भने मासिक २ लाख कमाइ हुन्छ, तर के गर्नु माग नै धान्न सकिएको छैन ।’ सुरुमा साढे २ लाख लगानीमा उद्योग सुरु गरेका मरु लामाले त्यही उद्योग संगै किराना पसल पनि चलाइरहेका छन । श्रीमतीले किराना पसलको काम हेर्छिन भने उनले बेकरी उद्योगको काम हेर्छन ।
उमेरले ३६ वर्षको भएका मरु लामा उनीजस्तै युवाहरु रोजगारीको लागि विदेश गइरहदा उनले भने बाहिरी जिल्लामा गरेको काम समेत छोडेर आइ गाउँमै उद्योग संचालन गरि नमुना बनेका छन । सदरमुकाम देखी १ दिनको पैदल दुरीमा रहेको सत्येदेवी गाउँ विकास समितिमा उनले संचालन गरेको बेकरी उद्योग नमुना नै बनेको छ । गाउँमा बुढापाकाहरुले समेत उनले गरेको पेशा र ब्यवसायको प्रशंशा गरेका छन् ।
२०७३ फागुन २२ गते प्रकाशित