
२२ फागुन, धादिङ –
धादिङ विशेषः भूकम्प स्मारिकाको आइतबार विमोचन गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय धादिङमा भएको एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलबाट विमोचन गरेका हुन् ।
जिल्ला विकास समितिको संयोजनमा जिल्ला दैवी प्रकोप उद्धार समिति, धादिङद्धारा स्मारिका प्रकाशन गरिएको हो ।
स्मारिकामा २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प, उद्धार, राहत तथ पुनर्निर्माण तथा विभिन्न व्यक्तिहरुको अनुभव, संघसंस्थाले गरेका कार्यहरुको बारेमा उल्लेख गरिएको छ ।
२०७३ फागुन २२ गते प्रकाशित