Sat. Jul 27th, 2024

कक्षा कोठाबाटै हरायो ल्यापटप

laptop
धादिङ
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० निगालपानीमा रहेको चण्डेश्वरी उच्च माध्यामिक विद्यालयको ल्यापटप लाइब्रेरी कोठाबाटै चोरी भएको छ ।

विद्यालयको कम्प्युटर कक्षामा रहेको २ वटा ल्यापटप र ७ ओटा डेक्सटप कम्पयुटर मध्ये चार्जर सहित एउटा ल्यापटप हराएको हो । यही माघ ९ गतेसम्म प्रयोग हुँदै आएको ल्यापटप १३ गते खोजी हुँदा नभेटिएको प्रधानाध्यापक युवराज रेग्मीले बताए । माघ १० र ११ गते विद्यालय बन्द भएको र १२ गतेबाट पढाइ सुरु भएपनि कम्प्युटर शिक्षिका विदामा बसेकोले १३ गतेमात्र कोठा खोल्दा ल्यापटप नभेटिएको रेग्मीको भनाई छ ।

प्रधानाध्यापक रेग्मीका अनुसार कम्प्युटर कोठाको चावी कम्प्युटर शिक्षीकाको जिम्मामा रहेको र शिक्षिकाले नै चावी खोलेर हेर्दा एक थान ल्यापटप नभेटिएको हो । कम्प्युटर शिक्षिका सुमित्रा भट्टले भने आफुले काम सकेर कक्षामा राखेको ल्यापटप कोठाबाटै हराएको घटनाबारे आफु अनविज्ञ रहेको बताइन् ।

हराएको कम्प्युटर अमेरिका बस्दै आएका सोही विद्यालयका पूर्व विद्यार्थीले केही महिना सहयोग स्वरुप अघि उपलब्ध गराएका थिए । घटनाको विषयमा विद्यालयका प्रधानाध्यापक, कम्प्युटर शिक्षिका र विद्यालय सहयोगीसंग प्रहरीले अनुसन्धान गरिरहेको छ । अभिभावकहरुले भने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुकै मिलेमतोमा ल्यापटप गायव गराइएको आरोप लगाएका छन् । यस अघि पनि विद्यालयको एक थान कम्प्युटर हराएको अभिभावकहरुले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: