
२३ फागुन, धादिङ –
धादिङको नलाङ गाउँ विकास समितिको वडा नं ३ सुन्दरपानीमा चोरी भएको छ । स्थानीय गोपी अर्यालको घरको ढोका फोरेर गहना र नगद चोरी भएको छ ।
घरबाट एकजोर जुली रिङ, स्थानीय सिद्धान्त युवाक्लबको ८ हजार रुपैया र घरमूली गोपी अर्यालको नगर २५ हजार चोरी भएको छ ।
आइतबार दिउँसो घरमा कोही नभएको बेला चोरी भएको घरमुली अर्यालले जानकारी दिए । चोरी कसले गरेको हो पत्ता नलागेको बताए ।
२०७३ फागुन २३ गते प्रकाशित