Thu. May 15th, 2025

युवा संघ धादिङको अध्यक्षमा दिपक खतिवडा विजयी

yuba sang
२४ फागुन,  धादिङ –

युवा संघ धादिङको अध्यक्षमा दिपक खतिवडा विजयी भएका छन् ।

धादिङबेसीमा सम्पन्न सातौं अधिवेशनले अध्यक्ष पदका प्रत्याशि प्रज्वल तामाङलाई पराजित गर्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन् । कुल २ सय ७६ मत खसेकोमा अध्यक्ष पदमा विजयी खतिवडाले १ सय ५५ र प्रज्वल तामाङले १ सय १९ मत पाए ।

कार्यसमितिको उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, सचिवमा काजी श्रेष्ठ, सह सचिवमा इमान तामाङ र कोषाध्यक्षमा ज्ञानु कंडेल निर्वाचित भएका छन् ।

२०७३ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: