Thu. May 15th, 2025

धादिङबेसीमा विकास पत्रकारीता सम्बन्धी तालिम संचालन

training
२५ फागुन,  धादिङ –

अक्फाम नेपालले धादिङबेसीमा क्रियाशिल संचरकर्मीहरुलाई विकास पत्रकारीता सम्बन्धी तालिम प्रदान गरेको छ ।

धादिङबेसीमा दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विकास पत्रकारीता, विषयबस्तु छनोटको तरिका, लेख्ने तरिका, पत्रकार आचारसंहित लगायतका विषयमा जानकारी गराइएको थियो ।

पत्रकार कपिल काफ्ले र तोया गौतमद्धारा सहजीकरण गरिएको तालिममा धादिङबेसी र राजमार्ग क्षेत्रमा रहेका विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीको सहभागीता रहेको थियो ।

विकास पत्रकारीता मार्फत समाज परिवर्तनका साथै सकारात्मक सन्देश प्रवाहमा जोड दिन अझ बढी सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको अक्फाम नेपालका हासा मल्लले जानकारी दिए । तालिम मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो ।

२०७३ फागुन २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: