Thu. May 15th, 2025

गोलीले मलेठ गाउँ स्तब्ध, मारिने तीनैजना राजनीतिबाट टाढा

Rajbiraj-1

२५ फागुन, धादिङ ।

सप्तरी घटनाका मृतक मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । र, मृतकह तीनै जना राजनीतिबाट टाढा थिए ।

स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ ।

५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।

पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्याएर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आपूm बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो । उनीहरुको मृत्युले सप्तरीको मलेठ गाउँ स्तब्ध भएको छ ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७३ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: