Mon. May 12th, 2025

जाजरकोटमा बस दुर्घटना, १२ जनाको मृत्यु

Jajjarkot-accident

२६ फागुन,  जाजरकोट  –

जाजरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० बढी घाइते भएका छन्। घाइतेमध्ये २० बढी गम्भीर छन्।

बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो।

बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा पठाइएको छ। अस्पतालमा बेड नपुग्दा अस्पताल परिसरमै राखेर धेरैको उपचार भइरहेको छ। दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ। अझैसम्म मृतकको सनाखत भने हुन सकेको छैन।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। २३ जना मात्र यात्रुको चलानी लिएर हिडेको बसमा कति यात्रु थिए भन्ने अझैसम्म खुलेको छैन।

२०७३ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: