

२६ फागुन, धादिङ –
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङको अध्यक्षमा डोल्मा मम्बा चयन भएकी छन् ।
शाखाको विहिबार धादिङबेसीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रेडियो धादिङका समाचार शाखाका प्रमुख मम्बालाई आगामी दुई वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो ।
त्यस्तै समितिको उपाध्यक्षमा सरिता नेपाली, सचिवमा सरिता श्रेष्ठ, सह–सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा गीता अधिकारी चयन भएका छन् । क्रियाशिल पत्रकार महिला जिल्ला शाखा धादिङको अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धी गर्दै महिला पत्रकारलाई स्थायित्व राख्न पत्रकार महासंघ धादिङले सहयोग गर्ने बताए ।
२०७३ फागुन २६ गते प्रकाशित