

२७ फागुन, धादिङ –
परिवार नियोजनका साथै स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै एचसीथ्रि परियोजनाले स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई सम्मान गरेको छ ।
विहिबार एक कार्यक्रमका बीच जोगीमारा स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई सम्मान गरेको हो । साथै स्वास्थ्यचौकीका प्रमुख, स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, गाविसका ९ औटै महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरेको हो । अहोरात्र स्वास्थ्य सेवामा खटेर जोगीमारा गाविसका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको भन्दै परिवार नियोजन स्मार्ट बन्छ जीवन लेखिएको टोपि र सम्मान पत्रको साथ सम्मान गरेको हो । आफुहरुलाई यस्ताखाले सम्मानले स्वास्थ्य सेवामा लाग्न थप उत्प्रेरणा मिलेको भन्दै कार्यक्रममा सम्मानित हुनेहरुले एचसिथ्रि परियोजनालाई धन्यावाद दिएका थिए ।
कार्यक्रमकै अवसरमा जयपुरी स्वास्थ्य ईकाई केन्द र एचसिथ्रि परियोजनाका साथी सहजकर्ता कुमारी डल्लाकोटीलाई पनि सम्मान गरेको छ । हरिकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको प्रमुख आतिथ्य तथा एचसिथ्रि परियोजनाका कार्यक्रम विषेशज्ञ थानेश्वर कोईरालाको विशेष आतिथ्य रहेको थियो । एचसिथ्रि परियोजनाले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयको समन्वय तथा अमेरीकी सहयोग नियोग यूएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा परिवार नियोजन, स्मार्ट बन्छ जीवन संञचार अभियान देशैभर संचालन भईरहेको छ ।
कार्यक्रमका सहभागीहरुले जोगीमारामा एचसिथ्रि परियोजना संञ्चालन भईसके पश्चात परिवार नियोजनको क्षेत्रमा तुलनात्मक रुपमा वृद्धि भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम नरन्तर रुपमा संञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि, शिक्षक, एचसिथ्रि परियोजना धादिङका कर्मचारी, स्वास्थ्य ईकाई केन्द्रका प्रतिनिधि, स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
२०७३ फागुन २७ गते प्रकाशित