२७ फागुन, धादिङ –
सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दको धादिङमा खासै प्रभाव परेको छैन ।
धादिङबेसीदेखी लामो तथा छोटा दुरीका सवारीका साधन भने नियमित भन्दा केही कम मात्रामा चलेका छन् । बजार पसलहरु पनि खुलेका छन ।
तर, मधेसका जिल्लाहरुमा भने सवारीसाधान चलेका छैनन । बन्दका कारण मधेसका नागरिकको दैनिकी प्रभावित भएको छ ।
सोमबार सप्तरीमा प्रहरीको गोलीबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा मोर्चासहितको संघीय गठबन्धनले नेपाल बन्दको आहृवान गरेको हो ।
२०७३ फागुन २७ गते प्रकाशित