
२८ फागुन, धादिङ –
धादिङ जिल्लाबाट सञ्चालनमा रहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको प्रसारण अवरुद्द भएको छ ।
शुक्रबार राती परेको चट्याङले धादिङको गोगनपानी ४ रानीमालामा रहेको प्रसारण केन्द्रमा क्षति पुर्याएपछि प्रसारण अवरुद्द भएको हो ।
चट्याङका कारण रेडियोको उपकरण सहित विधुतिय उपकरणमा क्षति पुगेको छ ।
चट्याङका कारण अनुमानित ५ लाख भन्दा बढि रुपैँयाको सामानमा क्षति पुगेको स्टेसन म्यानेजर आशिष ठकुरीले जानकारी दिए । थप क्षतिको विवरण भने आईतबार सँकलन हुने जनाईएको छ ।
चट्याङ पछि विद्युतको मिटर बक्स सहित रेडियोको अन्य उपकरणमा आगो लागेको र तत्काल निभाईएकाले घर भने आगो लाग्नबाट जोगिएको छ । २०६८ सालमा स्थापना भएको रेडियोको प्रसारण केन्द्रमा यस अघि पनि २ पटक चट्याङ परिसकेको छ ।
२०७३ फागुन २८ गते प्रकाशित