Sat. Jul 5th, 2025

शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी निर्वाचित

bishnu adhikar

२९ फागुन,  धादिङ –

नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी निर्वाचित भएका छन ।

संघको धादिङबेसीमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट अध्यक्ष पदका प्रत्याशि ध्रुव रिजाल र तुलसीप्रसाद अधिकारीलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा नरहरी लम्साल, सचिवमा देवीप्रसाद छत्कुली, अर्थ सचिवमा गोपालप्रसाद अधिकारी, सह सचिवमा अर्जुनप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

यसै गरी जिल्ला कार्य समितिको सदस्यहरुमा बिष्णुप्रसाद खतिवडा ,प्रकाश पौडेल, रोहीणी प्रसाद कोईराला, भवनाथ कोइराला र दिवाकर रिजाल निर्वाचित भएका छन् ।

त्यस्तै संघीय महाधिबेशन प्रतिनिधिमा दिपक सिम्खडा, ध्रुव अधिकारी, शिवहरी अधिकारी,रुद्रवहादुर रिजाल र ऋषिश्वर वुर्लाकोटी चयन भएका छन ।

२०७३ फागुन २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: