Sat. Jul 5th, 2025

एसएलसीको सट्टा हुने माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट, तयारी पूरा

fake-student

३० फागुन,  धादिङ –

परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको माध्यमिक विद्यालय स्तरिय परीक्षाको तयारी पुरा भएको जनाएको छ ।

आगामी चैत ३ गतेदेखि हुने परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना विद्यार्थी सहभागि हुँदैछन् । जसमध्ये नियमित तर्फ ४ लाख ६८ हजार ४ सय विद्यार्थी सामेल हुँदैछन् । प्राविधिक तर्फ ३ हजार ७ सय ३, आंशिक ग्रेड वृद्दि तर्फ ५० हजार ८ सय ७३ विद्यार्थी परीक्षामा सामेल हुने छन् । परीक्षाका लागि १ हजार ९ सय २३ वटा परीक्षा केन्द्र तोकिएको नियन्त्रक रेग्मीले बताए।

परीक्षाका लागि २ हजार ५६ सय ४६ जना सहायक केन्द्राध्यक्ष र २२ हजार ४ सय ६१ जना निरीक्षक तोकिएका छन् । केन्द्रिय, क्षेत्रिय र जिल्ला स्तरवाट अनुगमन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटाइने भएको छ । परीक्षामा अमर्यादित ब्यवहार गर्नेलाई १ लाख रुपैंया जरिबाना र ६ महिना कैद सजाय पनि तोकिएको छ । यो पटकबाट एसएलसी परीक्षाका स्थानमा माध्यमिक बिद्यालय स्तरिय एसइइ परीक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा १२ को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माद्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको हो ।

परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।

२०७३ फागुन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: