

१ चैत, धादिङ –
पहिलो किस्ताको रकम लगेका भूकम्पपीडितहरुले घर छिटो बनाएर दोश्रो किस्ता माग गर्न गजुरी गाउँ पालिकाले आग्रह गरेको छ ।
तत्कालिन गजुरी गाविस अन्तरगत पर्ने हालको गजुरी गाउँ पालिका –१, २ र ३ को सार्वजनिक सुनुवाइ कार्यक्रममा ०७३ फागुन ३० गते यस्तो बताउँदै गाउँ पालिकाकाका कार्यकारी अधिकृत मनचन्द्र धरालाले गाउँबासीलाई भूकम्पप्रतिरोधी घर छिटो बनाउन आग्रह गरेका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) , गजुरी गाउाँपालिका र सहयात्री समाजको आयोजनामा भएको सार्वजनिक सुनुवाइमा कार्यकारी अधिकृत धरालाले तत्कालिन गाविसका १ हजार ७ सय १८ र छुट भएका समेत गरि अब ५३ जनाले मात्र पहिलो किस्ताको रकम लान बाँकी रहेकोले उनिहरुले केही समयमै पहिलो किस्ता रकम लान पाउने बताउँदै घर बनाएर काम सुरु गरेका लाभग्राहीले छिट्टो प्राविधिकहरुसंग सम्पर्क गरि दोश्रो किस्ता माग गर्न आग्रह गरे ।
नयाँ संरचना अनुसार काम गर्न सुरु गरिएकोले पहिलो दिन अलि अलमलमा परेको भएपनि अब गजुरीलाई नेपालकै नमूना गाउँ पालिका बनाउनेगरि राजनीतिक दल, नागरिक मिलेर काम गर्न सबैलाई आग्रह गरे ।
गाविसको काम सुस्त गतिमा भएको र उपभोक्ता समितिहरुले चनाखो भएर छिटो काम गर्न आग्रह गर्दै विकसका लागि सबैको हभागिता आवस्यक रहेको लाभग्रहीले सोधेको प्रश्नको उत्तर दिँदै बताएका थिए ।
कार्यक्रममा तत्कालिन गाविसका वडा नागरिक मञ्चका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा लाभग्राहीहरुको सहभागिता रहेको थियो । लाभग्राहीहरुले सोधेको प्रश्नको जवाफ धरलाले दिएका थिए ।
२०७३ चैत १ गते प्रकाशित