
फाइल तस्विर
३ चैत, धादिङ –
माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) विहिबारदेखि सुरु भएको छ । परीक्षामा धादिङ जिल्लाबाट ६ हजार ९ सय २ विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

नियमिततर्फ ६ हजार ५ सय ९, एक्जेम्टेडतर्फ १ सय १५ र आंशिकतर्फ १ सय ८९ जनाले परिक्षा फारम भरेको जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत दुर्गाप्रसाद सिलवालले जानकारी दिए । त्यस्तै प्राविधिकतर्फ ६९ जना विद्यार्थीले परीक्षा दिने बताइएको छ ।
जिल्लाभर २६ वटा केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरीक्षक ७८ जना सहायक कर्मचारी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटाइएको पनि कार्यलयले जनाएको छ ।
नेपालमा वि.स. १९९० सालदेखिको लामो इतिहास रहेको एसएलसी परीक्षा यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा ९इस।इ।इ० का नाममा संचालन भएको हो ।
२०७३ चैत ३ गते प्रकाशित