Mon. May 12th, 2025

त्रिशुली नदिमा सेल्फि खिच्नुहोस्, पुरस्कार जित्नुहोस्

selfi

३ चैत,  धादिङ –

प्रकृती संम्पदा संरक्षण समिति धादिङ र त्रिशुली बचाउ महाअभियानले युवाहरुलाई त्रिशुली नदी प्रति आकर्शित गराउनको लागि र आन्तरिक पर्यटनको लागि सहयोग गर्न एउटा नौलोशैलि आपनाएका छन् ।

त्रिशुली नदीको किनारमा गएर सेल्फि खिच्नेलाई आयोजकहरुले त्रिशुलीको किनारमा रहेको रोयल ब्रिच क्याम्प मा एक रात बास र त्रिशुली नदीमा राफ्टिङको ब्यवस्था गरेका छन् । बिषेशत अहिलेको युवायुवतीहरु सेल्फि खिच्न मनपराउछन् । र सोसल मिडियामा पोष्ट गर्छन् । यसबाट त्रिशुली नदीलाई विश्वमा छरिएर रहेको नेपालीहरुमा पुर्याउन र त्रिशुलीमा राफ्टिङ गर्न प्रेरित गर्ने पनि आयोजकहरुले बताएका छन् ।

त्रिशुली बचाउ महाअभियानले लामो समय देखि गैरकानुनी रुपमा बालुवा उत्खनन् नगर्न सबै बालुवा ब्यापारीहरुलाई आग्रह गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने, मोटरसाईकल र्याली , त्रिशुलीमा राफ्टिङ संगै संगित लगाएत बिभिन्न गतिविधिका कार्यक्रमहरु गर्दैआईरहेको छ । यही आउदो १८ मार्चको दिन पनि विश्वमै पहिलो पटक आदमघाट बाट मलेखु सम्म  कम्तिमा ७ फिटको नेपाली झण्डा सहित पञ्चैबाजा बजाएर राफ्टिङको आयोजना गर्दैरहेको पनि आयोजकको तर्फबाट श्रवण त्रिपाठीले जानकारी दिए ।

२०७३ चैत ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: