Sat. Jul 5th, 2025

निर्वाचनमा मतदातालाई अत्याधुनिक परिचयपत्र

parichaya

४ चैत, काठमाण्डौं ।

निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार अत्याधुनिक मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन ।

मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ थालिनेछ । तर, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली टुंगो लागेपछि मतपत्र छपाइको काम सुरु हुने बताए ।
आयोगले ०७० को निर्वाचनमा परिचयपत्र सामान्य प्रकृतिको बनाएको थियो । सामान्य छापाखानामा छपाएर वितरण गरिएको थियो । तर, अहिले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर आधुनिक प्रकृतिको छपाइ गर्न लागिएको छ ।

मतदातापत्र छपाइमा १४ करोड

स्थानीय तहअनुसार नयाँ मतदाता परिचयपत्र छपाइ गर्न करिब १४ करोड रुपैयाँ लाग्नेछ । अहिले करिब एक करोड ४० लाख मतदाता छन । सुरक्षा चिह्नसहितको मतपत्र भएकाले प्रतिगोटा छपाइमा १० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । परिचयपत्रमा फोटो, क्युआरकोड, माइक्रोटेक्स्ट, ट्यान्टोग्राफ, वाटरमार्क, भ्वाइड पेन्टोग्राफ र सिल लेमिनेसन हुनेछ । ०७० को संविधानसभामा फोटोसहित सामान्य कागजमा परिचयपत्र छपाइ भएको थियो ।
नयाँ पत्रिका दैनिकबाट।
२०७३ चैत ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: