Mon. May 12th, 2025

धादिङमा मन्त्रालयले खटायो नयाँ कार्यकारी अधिकृत (को कहाँ खटिए सूचीसहित)

सरिता श्रेष्ठ / ४ चैत,  धादिङ – 

संघीय मामिला तथा स्थानीय मन्त्रालयले धादिङ जिल्लाभित्रका ११ वटा गाउँ पालिकाका लागि नयाँ कार्यकारी अधिकृत खटाएको छ ।

मन्त्रालयको वेवसाइटमा राखिएको जानकारी अनुसार रुबीभ्याली गाउँपालिकामा लक्ष्मणप्रसाद भट्टराइ, गल्छी गाउँपालिकामा दिपेन्द्र रेग्मी, खनियाबास गगाउँपालिकामा दिपेश विडारी, गंगाजमुना गाउँपालिकामा विकास डंगोललाई नयाँ कार्यकारीको रुपमा खटाएको छ ।

त्यसैगरी नेत्रावती गाउँपालिकामा दिलमान शाक्य, त्रिपुरासुन्दरी गाउँपालिकामा शैलेन्द्र ढकाल, ज्वालामुखी गाउँपालिकामा बद्रीनाथ लम्साल, गजुरी गाउँपालिकामा देबीलाल सापकोटा, थार्के गाउँपालिकामा युवराज अर्याल, बेनिनघाट रोराङ गाउँपालिकामा हर्षबहादुर थापा र सिद्धलेक गाउँपालिकामा मनचन्द्र धरलालाई नयाँ कार्यकारीको रुपमा खटाएको हो । भट्टराई यस अघि गल्छी गाउँपालिकाका प्रमुख थिए भने साविकको बैरेनी गाविसका सचिव थिए । त्यसैगरी धरला गजुरी गाउँपालिकाका प्रमुख थिए भने साविकको बैरेनी गाविसको सचिव थिए । त्यसैगरी अर्याल जिल्ला समन्वय समिति धादिङका योजना अनुगमन तथा प्रशासकिय अधिकृतको रुपमा कार्यरत थिए ।

२०७३ फागुन ३० गते तत्कालका लागि मन्त्रालयले गरेको व्यवस्था अनुसार जिल्ला समन्वय समिति धादिङका स्थानीय विकास अधिकारी जिवलाल भुषालले साविकको गाउँ विकास समितिका सचिवहरु मध्येबाट जेष्ठताका आधारमा कार्यकारी अधिकृत तोकेका थिए । जिल्लाको नीलकण्ठ नगरपालिका र धुनीबेसी नगरपालिकामा भने पूरानै कार्यकारी अधिकृतहरुबाट कार्यसम्पादन गरिने जनाइएको छ ।

dhading

२०७३ चैत ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: